समाचारबुधबार, बैशाख ३०, २०७२

प्रधानमन्त्री कार्यालय सार्ने तयारी

हिमालखबर

भूकम्पका कारण क्षति पुगेको सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको कार्यालय सार्ने तयारी भइरहेको छ ।

सिंहदरवारभित्रकै कुनै भवनमा कार्यालय सार्ने विषयमा छलफल भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शान्तराज सुवेदीले बताए ।

“सिंहदरवारभित्रकै भवनमध्ये कुन भवन उपयुक्त हुन्छ भन्ने बारेमा छलफल भइरहेको छ, हाल पुर्ववतः कार्यालयको केही कोठा र परिषरबाट कार्यसञ्चालन भइरहेको छ” उनले भने ।

खतराको सूचीमा रहेका ती दुई कार्यालय सार्न आयोगका उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेल र सम्बन्धित निकायका अधिकारीबीच आज परामर्श भएको थियो ।

अहिले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय रहेको भवन सबैभन्दा उपयुक्त हुने सुझाव आएको बुझिएपनि ठोस निर्णय भइसकेको छैन । त्यसबाहेक नयाँ बानेश्वरमा रहेको संविधानसभा भवनसँगैको लगानी बोर्डको कार्यालय भवन, बालुवाटारमा रहेको प्रधानमन्त्रीको सरकारी निवासलगायत विभिन्न भवनका बारेमा पनि सुझाव आएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>