समाचारबुधबार, बैशाख ३०, २०७२

मंगलवारकाे भूकम्पमा मृत्यु हुनेकाे संख्या ९१ पुग्याे

हिमालखबर

२९ बैशाखमा गएकाे भूकम्पबाट मृत्यु हुनेकाे संख्या ९१ पुगेकाे छ भने २४२८ जना घाइते भएका छन् ।

यसैगरी, १२ बैशाख ११ः५५ बजे, देशका विभिन्न भागमा आएको बिनाशकारी भूकम्पमा परी बुधबार १९ः०० बजेसम्मको प्राप्त जानकारी अनुसार ८१५४ जनाको ज्यान गुमेको छ भने १७,८६४ जना घाइते भएका छन् ।

नेपाल प्रहरीबाट काठमाडौं उपत्यका लगायतका प्रभावित क्षेत्रहरुमा खाद्यान्न, त्रिपाल, स्वास्थ्य शिविर सञ्चालन र पानीलगायतका राहत सामाग्री वितरण कार्य भइरहेको छ ।

भग्नावशेष हटाउने, सरसफाई गर्ने, सुरक्षा गस्ती (पट्रोलिङ) गर्ने तथा उद्दार समेतका कार्यमा देशभर नेपाल प्रहरीबाट कुल ४४ हजार ६ सय २९ जना प्रहरी कर्मचारी परिचालित भएका छन् । रासस

 

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>