समाचारबुधबार, बैशाख ३०, २०७२

‘दूतावासमा राहतको थुप्रो छ, ल्याउन समस्या भयो’

हिमालखबर

बााँयाबाट क्रमस: सहायक प्रजिअ रोहित पोखरेल, राजदुत श्रेष्ठ र प्रजिअ पौडेल

बााँयाबाट क्रमस: सहायक प्रजिअ रोहित पोखरेल, राजदुत श्रेष्ठ र प्रजिअ पौडेल

बंगलादेशका लागि नेपाली राजदूत हरिकुमार श्रेष्ठले बंगलादेशमा जुटेको राहत सामग्री नेपालसम्म ल्याउन ढुवानीको समस्या भएको बताएका छन् ।

३० बैशाख अपराह्न झापाको काँकडभिट्टा आइपुगेका राजदूत श्रेष्ठले भने “दूतावास गोदामघर जस्तै भएको छ, मेरो कार्यकक्षबाहेकको सबैठाँउ सामानले भरिभराउ छ, नेपाल ल्याउन समस्या भयो ।”

श्रेष्ठका अनुसार बंगलादेशमा ब्लयांकेट, महिला र बालबालिकाका कपडा, सुक्खा खान्की, त्रिपाल, प्लास्टिक म्याट्रेस र औषधी समेत गरि करिब ५० ट्रक सामान जम्मा भएको छ । उनले बंगलादेशको केन्द्रिय बैंकले स्थानीय वित्तिय संस्थाहरुबाट रकम उठाई किनिदिएको ब्ल्यांकेट मात्रै ४० हजार थान रहेको जानकारी दिए ।

भने, “उता त्यत्रो सामाग्री थुप्रो लागेको छ, ढुवानीको समस्या हुँदा यहाँ ल्याउन सकिएको छैन ।” बंगलादेशमा संकलित सामग्री नेपालको भूकम्प पिडित क्षेत्रसम्म पु¥याउनका लागि निजी क्षेत्रले सघाउनुपर्नेमा उनले जोड दिए ।

साताअघि बंगलादेशले नेपालका भूकम्प पीडितलाई सहयोग गरेको दशहजार मेट्रिक टन चामल कसरी भूकम्प पीडित क्षेत्रमा लगिँदैछ भन्ने जानकारी लिन फुलबारी मार्ग हुँदै झापा आएका राजदूत श्रेष्ठले बंगलादेशी नागरिक र त्यहाँका गार्मेन्ट फ्याक्ट्री थप सहायता दिन इच्छुक रहे पनि ढुवानीको समस्याले गर्दा ल्याउन नसकिएको बताए ।

बंगलादेश सरकारले दिएको चामलमध्ये ८ हजार ४२ मेट्रिक टन चामल काँकडभिट्टा नाकाबाट नेपाल भित्रिसकेको छ भने आँउदो तीन दिनभित्र बाँकी चामल आइसक्ने बताइएको छ । बंगलादेशको सरकारी सहयोगको चामल झापा सम्म ढुवानीको प्रबन्ध बंगलादेश सरकारले नै गरिदिएको छ ।

राजदूत श्रेष्ठले झापा जिल्ला दैवीप्रकोप उद्धार समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेल, मेची भन्सार प्रमुख मुक्तीप्रसाद पाण्डे लगायतका अधिकारीसँग झापामा संकलित राहत सामग्री भूकम्प प्रभावित क्षेत्रसम्म कसरी ढुवानी भइरहेको छ भन्ने जानकारी लिएका थिए ।
गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>