समाचारसोमबार, कार्तिक २०, २०६९

सरकारप्रति कसैको विश्वास छैनः यादव

हिमालखबर

२० कार्तिकमा विराट नगरमा सञ्चारकर्मीहरुसँग बोल्दै अध्यक्ष यादवले जुन सरकारले संविधानसभा विघटन गरायो उसैको नेतृत्वमा हुने निर्वाचनलाई जनता र राजनीतिक दलहरुले अस्वीकार गर्ने बताए ।

उनले राष्ट्रपतिले तीन ठूला राजनीतिक दललाई निश्चित दिन र समय तोकी सहमति कायम गर्न आदेश दिनुपर्नेमा जोड दिए ।

अध्यक्ष यादवले राष्ट्रलाई वर्तमान सङ्कटबाट जोगाउन  एवम् राष्ट्रिय एकता कायम राख्न राजनीतिक सहमतिको चुनावी सरकार गठन हुनुपर्ने आवश्यकता औँल्याए ।

उनले संसदविहीन वर्तमान अवस्थामा कामचलाउ सरकारले पूर्ण बजेट ल्याउन नसक्ने पनि बताए । सरकारले राष्ट्रको ढुकुटी कार्यकर्तालाई बाँडेर देशलाई असफल राष्ट्रतर्फ धकेलिरहेको उनको आरोप थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>