समाचारबिहीबार, बैशाख ३१, २०७२

मंगलवारकाे भूकम्पबाट मृत्यु हुनेकाे संख्या ११७ पुग्याे

हिमालखबर

२९ वैशाख दिउँसाे गएकाे भूकम्पबाट मृत्यु हुनेकाे संख्या ११७ पुगेकाे छ ।

३१ वैशाख साँझ ७ बजेसम्म प्राप्त जानकारी अनुसार ११७ जनाको ज्यान गुमेको छ भने २७६० जना घाइते भएका छन् ।

यसैगरी देशका विभिन्न भागमा १२ बैशाखमा गएकाे महाभूकम्पबाट मृत्यु हुनेकाे संख्या ८२०२ जनाको ज्यान गुमेको छ भने १७,८७० जना घाइते भएका छन् ।

नेपाल प्रहरीबाट काठमाडौं उपत्यका लगायतका प्रभावित क्षेत्रहरुमा खाद्यान्न, त्रिपाल, स्वास्थ्य शिविर सञ्चालन र पानीलगायतका राहत सामाग्री वितरण कार्य भइरहेको छ । भग्नावशेष हटाउने, सरसफाई गर्ने, सुरक्षा गस्ती (पट्रोलिङ) गर्ने, उद्दार तथा खोज कार्यसमेतमा देशभर नेपाल प्रहरीबाट कुल ४४ हजार ७ सय ३४ जना प्रहरी कर्मचारी परिचालित भएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>