समाचारशुक्रबार, जेठ १, २०७२
तातोपानी र लिपिङ बजार पूरै खाली
लगातार गएको भूकम्पले सिन्धुपाल्चोकको तातोपानी र लिपिङ बजारको अस्तित्वमै संकट पैदा गरेको छ। पहिरोका कारण दुवै बजार खाली गरिएको छ।
हिमाली र पहाडी भेगका दर्जनौं बस्तीहरू उठिबास हुने खतरा बढेको छ। पहिरोको चपेटामा पर्दा यो भेग नै बसोबासविहीन हुने खतरा बढेको छ।
तातोपानीका बासिन्दा स्थानीय मानसरोवर इङ्लिस स्कुलमा आश्रय लिएर बसेका छन्। लिपिङका बासिन्दा भने सुरक्षित ठाउँ खोज्दै कोदारीको चौकीडाँडा गएर बसेका छन्।
तातोपानीस्थित सीमा प्रहरी कार्यालय बाह्रबिसेमा सारिसकिएको छ। तातोपानीबाट सुरक्षाकर्मीको टोली पनि बाह्रबिसे फर्काइसकेको छ।
अन्नपूर्ण पाेस्ट दैनिकबाट
