समाचारशनिबार, जेठ २, २०७२
दुर्घटनाग्रस्त हेलिकोप्टरसँगै आठ शव फेला
नेपाली सेनाले दुर्घटनाग्रस्त अमेरिकी हेलिकोप्टरको पाटपूर्जा छरपस्ट अवस्थामा फेला परेको जनाएको छ ।
१ जेठ दिउँसो १ः५० बजे दोलखाको घार्थलीमा भेटिएको हेलिकोप्टरमा रहेका आठ जनाकै शव पहिचान गर्न नसकिने अवस्थामा फेला परेको छ ।
हेलिकोप्टरमा २ नेपाली सैनिक सहति ६ जना अमेरिकी सेनाका अधिकृत सवार थिए ।
सेनाले घटनाबारे थप थप अनुसन्धान भइरहेको जनाएको छ ।
