समाचारशनिबार, जेठ २, २०७२
अाधुनिक बस्ती बसाल्छाैंः पूर्वप्रधानमन्त्री खनाल
पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका नेता झलनाथ खनालले दोलखालीसँग युगअनुसारको आधुनिक बस्ती बसाल्ने बताएका छन् ।
अहिलेको बस्ती माटो र ढुङ्गाको भएकाले भूकम्पबाट बढी क्षति भएको भन्दै आधुनिक बस्ती निर्माणमा आफू र आफ्नो दलले जोड दिने बताए । “भूकम्पले हामी सबैलाई छरिएर बस्दा धेरै क्षति पु¥याएकाले अब एकीकृत बस्ती विकासमा सरकारले योजना बनाएर काम गर्नुपर्छ,” उनले भने ।
संसदीय अनुगमन समितिका चार सदस्यीय टोलीसहित दोलखा आउनुभएका नेता खनालले जिरी, मैनापोखरी र चरिकोटको स्थलगत अवलोकनपछि शनिबार चरिकोटमा आयोजित पत्रकार भेटघाट “काठमाडौँमा बसेर जति सुनिएको थियो, यहाँ आएर थाहा भयो यहाँको दर्दनाक अवस्था ।”
जनताका लागि अब ढुङ्गामाटोको घर होइन भूकम्प प्रतिरोधात्मक घर निर्माणमा सरकारले सहयोग गर्नुपर्ने बताउँदै उहाँले वैज्ञानिक एवम् व्यवस्थित ढङ्गले बस्ती विकासमा जोड दिए ।
