समाचारआइतबार, जेठ ३, २०७२

प्राविधिकले घरमा बस्न हुन्छ भनेपछि…

हिमालखबर

ओखलढुंगा हर्कपुर गाविस-२ का लक्ष्मण खड्का विगत तीन वर्षदेखि साबिकको दुवाकोट गाविस-१ स्थित पाँचतले घरको सटरमा किराना व्यवसाय चलाउँदै आएका थिए।

उनी बसेको घर दुई वर्षअघि स्थानीयले लहानका हरिनारायण चौधरीलाई सबा दुई करोड रुपैयाँमा बेचेका थिए। खड्काको कबलसँगै अर्का एक व्यक्तिले औषधिपसल राखेका थिए।

गत वैशाख १२ गतेको विनाशकारी भूकम्पले उक्त घरको भित्तोमा बाहेक अन्य ‘स्ट्रक्चरल’ क्षति पुर्‍याएको थिएन। भूकम्पपछि स्थानीय राजनीतिक दलका नेतासहित जिल्ला प्राविधिक कार्यालयको टोली आएर उक्त घरको प्राविधिक जाँच गरेको थियो। खड्काका अनुसार टोलीमा आएका इन्जिनियरले ‘घरको भित्ता मात्र चर्केकोले बस्न हुने’ सल्लाह दिएपछि खाली गराइएको घरमा पुन: बसोबास थालिएको थियो।

महाभूकम्पपछि गत वैशाख २९ गतेको पराकम्पनको एकै धक्काले उक्त पाँचतले घर गल्र्यामगुर्लुम ढल्यो। ‘मैले १५ सेकेन्डमा घरभित्र रहेका ८१ वर्षीय हजुरबुबालाई बाहिर निकाल्न सकें’, खड्काले भने, ‘एक सेकेन्ड ढिलो भइदिएको भए हजुरबा, अन्य दुई साथी र पत्नीसहित म त्यहीं सिध्दिने रहेछु।’

इन्जिनियरजस्तो मान्छेले भनेपछि होला भनेर आफूले ढुक्क भएर महाभूकम्प गएको चार दिनपछि फेरि पसल चलाएको खड्काले बताए। ‘पसल चलाउन योग्य छ छैन भनेर मैले प्राविधिकलाई सोधेको थिएँ’, खड्काले भने, ‘भित्ताको मात्र क्षति हो पिलर केही भएको छैन ढुक्क हुनुहोस् भने।’

अन्नपूर्ण पाेस्टबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>