समाचारआइतबार, जेठ ३, २०७२

‘हात बढाऊ, साथी जोगाऊ’

हिमालखबर

सशस्त्र प्रहरी बलले भूकम्पबाट घरबारविहीन आफ्ना सशस्त्र प्रहरी कर्मचारीको पुनर्वासका लागि रु ४० करोडभन्दा बढीको एकमुष्ट कल्याणकारी योजना घोषणा गरेको छ ।

भूकम्पले क्षति व्यहोरेका सशस्त्र प्रहरी कर्मचारीलाई सहयोग पुर्‍याउन बलले ल्याएको नवीन योजनालाई ‘हात बढाऊ, साथी जोगाऊ’ कार्यक्रम नाम दिइएको छ । कार्यक्रमका लागि सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीले दुई वर्षसम्म दैनिक रु १० का दरले सहयोग पुर्‍याउने जनाइएको छ ।

उक्त कार्यक्रमअनुसार हाल राहतस्वरुप करिब रु ३० करोड पछि फिर्ता गर्नु नपर्ने गरी पीडित सशस्त्र प्रहरी कर्मचारीलाई नगदै वितरण गरिने तथा कम्तीमा थप रु १० करोडको विपत्ति राहत कोष स्थापना गरी आगामी दिनमा विपत्तिमा पर्न सक्ने सशस्त्र प्रहरी कर्मचारीलाई राहत रकम प्रदान गरिने छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>