समाचारआइतबार, जेठ ३, २०७२

चिलिमे विद्युत गृहबाट अाधा विद्युत उत्पादन

हिमालखबर

चिलिमे जलविद्युत् केन्द्रको विद्युत्गृहबाट आधा विद्युत् उत्पादन सुरु भएको छ ।

चिलिमे जलविद्युत् कम्पनीका कार्यकारी निर्देशक रामगोपाल सिवाकोटीका अनुसार भूकम्पबाट उपकरणको प्रणालीमा आएको खराबी हटाई ११ मेगावाट चालु भइसकेको र अर्को ११ मेगावाटको यन्त्र मर्मत भइरहेकाले हप्ता दिनभित्र पूरै चालु हुनेछ । भूमिगत संरचना भएका कारण विद्युत्गृहको सबै संरचना सुरक्षित रहेको छ ।

उता बाहिर सतहमा रहेको मैलुङ खोलाको पाँच मेगावाट क्षमताको जलविद्युत्गृह यही वैशाख १२ गतेदेखि नै बन्द भएको छ । के कति उपकरणमा क्षति भयो भन्ने यकिन गर्न विद्युत्गृहमा जाने अवस्था अझै नरहेको प्राविधिकले बताएका छन् । मैलुङ क्षेत्रका आसपासका अग्लो डाँडाबाट सानातिना ढुङ्गा अझै खसिरहेको उद्धारकर्मीले बताएका छन् । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>