समाचारआइतबार, जेठ ३, २०७२
सरकारकाे राहत प्रभावकारी भएनः अाेली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भूकम्पपीडितका लागि सरकारले गरिरहेको राहत वितरणको कार्य प्रभावकारी नभएको बताएका छन् ।
बाइसौँं मदन आश्रित स्मृति दिवसका अवसरमा पार्टी कार्यालय मदननगर बल्खु परिसरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले आफ्नो पार्टी सरकारको प्रमुख घटक भए पनि कहाँबाट कति राहत आएको छ कसरी वितरण भइरहेको छ भन्नबारेमा जानकारी नभएको गुनासो गरे ।
उनले भने, “सरकारले राहत वितरणमा सबैलाई समेटेर लान सक्नुपर्छ, कहाँबाट कति सहयोग आयो र कसरी वितरण भइरहेको छ भन्नेबारे जनतालाई स्पष्ट पार्नुपर्छ ।” उनले मनसुन अगावै पुनःस्थापनाको काम पूरा गर्न सरकारलाई आग्रह गरे ।
