समाचारआइतबार, जेठ ३, २०७२

हेलिकाेप्टर चढेर अनुगमनमा नजान निर्देशन

हिमालखबर

राष्ट्रिय विपद् व्यवस्थापन अनुगमन तथा निर्देशन विशेष समितिका अध्यक्ष एवम् सभामुख सुवासचन्द्र नेम्वाङले भूकम्प पीडितहरुकाे अनुगमन गर्न जाँदा हेलिकाेप्टर प्रयाेग नगर्न निर्देशन दिएका छन् ।

समितिको आज बसेको बैठकमा नेम्वाङले अनुगमनमा रहँदा मितव्ययी ढङ्गले काम गर्न र अनावश्यक रुपमा आर्थिक भार नपर्ने गरी जिम्मेवारी पूरा गर्न समेत निर्देशन दिएका छन् । उनले भने, “हेलिकप्टरको प्रयोग नगर्न भन्नुपर्छ, हेलिकप्टर चढ्ने काम ठीक होइन, टोलीलाई हेलिकप्टरको प्रयोग नगर्न सचिवालयमार्फत निर्देशन दिन चाहन्छु ।”

भूकम्प प्रभावित क्षेत्रमा अनुगमनका लागि खटिएको टोलीबाट हेलिकप्टरको प्रयोग भएको भन्ने टीकाटिप्पणी उठेपछि समितिबाट यस्ताे निर्देशन भएकाे छ ।

भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्वासका लागि भइरहेको प्रयासबारे सरकारसँग के–के विषयमा कस्तो जानकारी लिने त्यसको गृहकार्य गर्न र समितिको तर्फबाट सरकारलाई पुर्‍याइने सहयोग र राय सुझावको खाका तयार गर्न बैठकले चार जना सदस्यलाई जिम्मेवारी दिएको छ ।

उक्त जिम्मेवारी पाउनेमा नेपाली कांग्रेसका पूर्णबहादुर खड्का, नेकपा एमालेका अग्नि खरेल, एमाअाेवादीका गिरिराजमणि पोखरेल र सद्भावना पार्टीका लक्ष्मणलाल कर्ण छन् ।

कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले भूकम्पपीडितका लागि सरकारले कर्कट पाता खरिदका लागि घोषणा गरेको १५ हजार अपर्याप्त हुन सक्ने धारणा व्यक्त राखे । समितिका सदस्यहरु पूर्णबहादुर खड्का, अग्नि खरेल, गिरिराजमणि पोखरेल र लक्ष्मणलाल कर्णले भूकम्प प्रभावित दुर्गम गाउँबस्तीमा अझै राहत पुग्न नसकेको, अहिले अत्यन्त संवेदनशील बेला भएकाले सादा र सरल तरिकाले अनुगमन गर्न आवश्यक रहेको धारणा राखे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>