समाचारमंगलबार, जेठ ५, २०७२
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई पितृ शोक
पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालका पिता मंगलकुमार उपाध्यायको ५ जेठ विहान निधन भएको छ ।
९९ वर्षीय उपाध्यायको नेपाल निवास कोटेश्वरमा विहान ७ बजे निधन भएको नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।
निमोनियाका कारण अस्वस्थ्य भएका उपाध्याय पाटन अस्पतालमा उपचार गराएपछि दुई सातादेखि घरमै आराम गरिरहेका थिए ।
विसं १९७३ असोज २५ मा रौतहटको गौरमा जन्मिएका साहित्य र व्याकरण सम्बन्धी चारवटा पुस्तक प्रकाशित छन् ।
उपाध्यायको आज अपराह्न १ः३० बजे शोकसभासहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।
उनका तीन छोरा र तीन छोरी छन् ।
