समाचारबुधबार, जेठ ६, २०७२

एमाले स्वयम् सेवक परिचालनको अनुगमन गर्न जिम्मेवारी बाँडफाँड

हिमालखबर

महाभूकम्प प्रभावित जिल्लाहरुमा खटाएको स्वयम् सेवक परिचालन अनुगमन गर्न नेकपा एमालेले प्रमुख नेताहरुलाई जिम्मेवारी दिएको छ ।

एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई काठमाडौं, बरिष्ठ नेता झलनाथ खनाललाई भक्तपुर, बरिष्ठ नेता माधवकुमार नेपाललाई सिन्धुपाल्चोक, उपाध्यक्ष विद्या भण्डारीलाई काभ्रेपलाञ्चोक, उपाध्यक्ष युवराज ज्ञवालीलाई नुवाकोट, उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई धादिङ र उपाध्यक्ष भीमबहादुर रावललाई रसुवाको अनुगमन गर्ने जिम्मेवारी दिएको छ ।

यस्तै, महासचिव ईश्वर पोखरेल दोलखा, उपमहासचिव विष्णु पौडेल ललितपुर, उपमहासचिव घनश्याम भूसाल रामेछाप, सचिव प्रदिप ज्ञवाली गोरखा, सचिव पृथ्वीसुब्बा गुरुङ सोलुखम्बु, सचिव भीम आचार्य लमजुङ र सचिव योगेश भट्टराईलाई काठमाडौं अनुगमन गर्न जिम्मेवारी दिएको छ ।

यसैगरी, नेताहरु मुकुन्द न्यौपाने सिन्धुली,शंकर पोखरेल सिन्धुपाल्चोक,सुरेन्द्र पाण्डे मकवानपुर,छविलाल विश्वकर्मा चितवन,किरण गुरुङ दोलखा,सत्यनारायण मण्डल धादिङ, अमृतकुमार बोहरा सिन्धुपाल्चोक, सोमनाथ प्यासी ओखलढुंगा, पुष्प कँडेल धादिङको जिम्मेवारी दिएको छ । एमालेले एक महीने स्वयम्सेवक परिचालन अभियान चलाउने निर्णय गरिसकेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>