समाचारबिहीबार, जेठ ७, २०७२

जस्तापाता किन्न ४ अर्ब निकासा

हिमालखबर

सरकारले भूकम्पका कारण घरविहीन सबै परिवारलाई अस्थायी वासका निम्ति जस्तापाता किन्न उपलब्ध गराउने रकमका लागि ४ अर्ब रुपैयाँ निकासा दिएको छ।

भूकम्पका कारण घर ध्वस्त भएका परिवारलाई अस्थायी टहरो बनाउन आवश्यक पर्ने जस्तापाता किन्न १५ हजार रुपैयाँका दरले राहत दिने घोषणा गरेको सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमार्फत बुधबार गृह मन्त्रालयलाई निकासा गरेको हो ।

यसका लागि करिब ७ अर्ब ३५ करोड लाग्नेमा पहिलो किस्ताबापत रकम निकासा पठाइएको जनाइएको छ ।

‘गृहको मागअनुसार बुधबार भूकम्प पीडितलाई जस्तापाता खरिदका लागि पैसा दिन ४ अर्ब रुपैयाँ बजेट दिइएको छ,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उपसचिव लक्ष्मण खनालले नागरिकसँग भने, ‘यो रकमसहित गृहलाई अहिलेसम्म राहत तथा उद्धारका लागि ८ अर्ब रुपैयाँ निकासा भइसकेको छ ।’

नागरिक दैनिकबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>