समाचारबिहीबार, जेठ ७, २०७२
काठमाडौं, अब कस्तो ?
प्रधानमन्त्री हुदाँ राजधानीमा सडक विस्तारको हिम्मत गरेका डाक्टर बाबुराम भट्टराई नियम मिचेर अग्लिएका घरलाई पनि आकारमा ल्याउने समय आएको ठान्छन्।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गोविन्दराज पोखरेललाई पनि सानो मेहनत गर्ने हो भने काठमाडौंलाई व्यवस्थित र सुरक्षित बनाउन सकिने लाग्छ।
अब उपत्यकामा व्यक्तिगत प्रयोजनमा १६ फिट र व्यावसायिकमा ३२ फिट सडक हुनैपर्ने उनको प्रस्ताव छ ।
‘सडकै कारण सहर बिग्रिएको छ,’ उनले भने ‘त्यसमा कडाइ गर्नासाथ धेरै कुरा ठाउँमा आउँछन्।’
योजनाविदहरुले काठमाडौंको कोर क्षेत्रलाई भरपर्दो मर्मत गरेर त्यही अवस्थामा रहन दिने । नयाँ व्यापारिक प्रयोजनमा नखोल्ने प्रस्ताव गरेका छन्।
बाँकी भागका संरचना एवम् बाटाघाटालाई नक्सा र मापदण्डमा ढाल्ने, सरकारी स्ट्यान्डर्डमा ल्याउने, वरिपरि स्याटलाइट सहर बनाउने। कम जनसम्पर्क हुने सरकारी कार्यालयलाई त्यता स्थानान्तरण गर्ने, संस्था, व्यक्ति आदिका नाममा सार्वजनिक जग्गा दिन पूरै बन्द गर्ने, व्यापारिक राजधानी अन्यत्र सार्ने, कडा कानुन बनाउन उनीहरुले सुझाव दिएका छन् ।
कान्तिपुर दैनिकबाट
