समाचारबिहीबार, जेठ ७, २०७२

सरकारले ताेकेकाे ठाउँमा मात्रै पुनर्वासः उपप्रम सिंह

हिमालखबर

उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले भूकम्पपीडितलाई सरकारले तोकेको ठाउँमा मात्र पुनर्वास गराइने बताएका छन् ।

भूकम्पपीडितको अवस्था बुझ्न भक्तपुरमा पुगेका मन्त्री सिंहले सार्वजनिक जग्गा हडपे त्यस्तालाई हटाइने बताए । उनले भने, “भूकम्पपीडितका लागि सरकारले स्थान तोकेर पुनर्वासको व्यवस्था गर्छ, तर जथाभावीरुपमा जग्गा हडप्ने मनसायले कोही बस्छ भने त्यस्तालाई हटाइन्छ ।”

उनले भक्तपुरमा समानरुपमा राहत वितरण भएको नपाइएको बताउँदै क्षतिअनुसार समानरुपमा राहत वितरण गर्न निर्देशन दिए । सरकारले जस्तासहित रु १५ हजार दिन लागेको भन्ने भ्रममा नपर्न आग्रह गर्दै उनले जस्ताको सट्टा रु १५ हजार वर्षा छेक्ने अस्थायी बसोबासको व्यवस्था गर्न दिन लागेको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>