समाचारबिहीबार, जेठ ७, २०७२
पर्यटनमन्त्री दीपकचन्द्र अमात्यले राजिनामा दिए
पर्यटनमन्त्री दीपकचन्द्र अमात्यले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राजिनामा बुझाएका छन् ।
पार्टी सचिव भीम आचार्यलाई फिर्ता बोलाएर पर्यटनमन्त्री नियुक्त गरिएका मन्त्री अमात्यले हिजो पार्टी अध्यक्षलाई राजिनामा दिएको एमाले स्रोतले जनाएको छ ।
अमात्यको राजिनामापत्र अध्यक्ष ओलीले प्रधानमन्त्री सुशील कोइरालालाई पठाइसकेको बुझिएको छ । उनको राजिनामा आगामी मन्त्रिपरिषद्ले स्वीकृत गर्ने संभावना रहेको स्रोत बताउँछन् । राजिनामा दिनुको कारण भने खुल्न सकेको छैन ।
