समाचारबिहीबार, जेठ ७, २०७२

राष्ट्रिय सरकारबारे छलफल गर्दै जाने

हिमालखबर

unnamed

बालुवाटार बैठकमा शीर्ष नेताहरु । तस्वीरः अानन्दराम डंगाेल

मधेश केन्द्रीतसहित प्रमुख चार दलका शीर्ष नेताहरुले राष्ट्रिय सरकारबारे थप छलफल गर्दै जाने सहमति गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रिय सरकार निर्माण गरेर जानेबारे सहमति जनाउँदै यसबारे थप छलफल गर्दै जाने निर्णय गरेको छ । महाभूकम्प प्रभावितको पुनःस्थापना, विवादित विषयमा सहमति जुटाउने र राष्ट्रिय सरकारबारे ठोस निर्णय गर्दै जाने निर्णय भएको बैठकपछि नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले बताए ।

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी र मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका शीर्ष नेताहरुको सहभागिता थियो ।

शीर्ष नेताहरुकाे बैठक अघि चार दलका शीर्ष नेताहरु ।

शीर्ष नेताहरुकाे बैठक अघि चार दलका शीर्ष नेताहरु ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>