समाचारशुक्रबार, जेठ ८, २०७२

सरकारले तथ्यांक नदिँदा धेरै घर भत्‍किए

हिमालखबर

सरकारले विगतमा साना भूकम्प जाँदा जमिन कसरी हल्लियो भन्ने तथ्यांक (ग्राउन्ड मोसन) सार्वजनिक नगरेकाले घर बनाउनै नहुने ठाउँमा समेत घर बनाउने अनुमति दिइएको खुलेको छ।

घर बनाउन नहुने ठाउँमा समेत घर बनेकाले अहिलेको भूकम्पबाट ठूलो क्षति बेहोर्नुपरेको विज्ञहरूले नै बताएका छन्।

सरकारले ग्राउन्ड मोसनसम्बन्धी तथ्यांक थाहा नदिएकाले नै घर बनाउन हुने/नहुने र कस्तो जमिनमा कस्ता घर वा संरचना बनाउन सकिने भन्नेबारे भूगर्भविद्हरू अनभिज्ञ देखिएका छन्।

भूगर्भशास्त्री एवं त्रिभुवन विश्वविद्यालयका प्रा.डा. मेघराज धितालले ग्राउन्ड मोसन डाटा बिना गरिएको माटो परीक्षणको केही अर्थ नहुने बताए। ‘यो डाटा हेरेरमात्र संरचना बनाउन सकिन्छ’, त्रिविमा भूगर्भशास्त्र केन्द्रीय विभागका प्रमुखसमेत रहिसकेका धितालले भने।

अन्नपूर्ण पाेस्टबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>