समाचारशुक्रबार, जेठ ८, २०७२
कृपाशुर शेर्पा पर्यटन मन्त्री
नेकपा एमालेका सभासद कृपाशुर शेर्पा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बनेका छन् ।
उनलाई प्रधानमन्त्री सुशील काेइरालाले सपथ गराउने तयारी भइरहेकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रकाश अधिकारीले बताए ।
शेर्पालाई मन्त्री बनाउन एमालेले सिफारिस गरेकाे उपमहासचिव घनश्याम भूसालले बताए । निवर्तमान पर्यटन मन्त्री दीपकचन्द्र अमात्यले ७ जेठमा पदबाट राजिनामा दिएका थिए ।
शेर्पा यो सरकारको तेस्रो पर्यटन मन्त्री हुन । यसअघि भीम आचार्यले राजिनामा दिएपछि अमात्य मन्त्री भएका थिए ।
