समाचारशुक्रबार, जेठ ८, २०७२

पहिरोको जोखिम अध्ययन गर्न भूगर्भविद्को अठार समूह

हिमालखबर

खानी तथा भूगर्भ विभागले भूकम्पपछि पहिरोको जोखिम अध्ययन गर्न अति प्रभावित छ जिल्लामा परिचालन गरेको १८ वटा समूहले आजदेखि काम शुरु गरेको छ ।

भूकम्पपछि आएको सुख्खा पहिरोले बस्ती जोखिममा छ/छैन, जोखिममा भएका बस्तीलाई कहाँ सार्ने भन्ने विषयमा अध्ययन् गर्न समूह खटाइएको विभागका महानिर्देशक सर्वजीतप्रसाद महतोले जानकारी दिए ।

“अति प्रभावित भई सङ्कटग्रस्त घोषणा गरिएका सिन्धुपाल्चोक र गोरखामा चार चार, दोलखा र धादिङमा तीन तीन तथा नुवाकोट र रसुवामा दुई समूह अध्ययनका लागि खटाइएको छ”, उनले भने । आठ समूहलाई तीन दिनभित्र काम सकी प्रतिवेदन बुझाउन समय दिइएको छ ।

विभागको नेतृत्वमा अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द(इसिमोड) नेपाल भौगर्भिक समाज, भूगर्भशास्त्र केन्द्रीय विभाग कीर्तिपुर र त्रिचन्द्र क्याम्पसलगायत सङ्घसंस्थाका भूगर्भविद् अध्ययनमा सहभागी छन् । समूहले आजदेखि नै स्थलगत रुपमा अध्ययन सुरु गर्ने महानिर्देशक महतोले बताए ।

पहिरोका विषयमा काम गर्न सरकारले विभागकै नेतृत्वमा गृह मन्त्रालय, नापी विभाग, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, भूगर्भशास्त्र विभाग, भौगर्भिक समाज, इसिमोड, जलउत्पन्न प्रकोप नियन्त्रण विभाग र राष्ट्रिय भूउपयोग आयोजनाका प्रतिनिधि रहेको कार्यदल गठन गरेको भूगर्भ विभागले जनाएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>