समाचारशुक्रबार, जेठ ८, २०७२

चिनियाँद्वारा घुुम्ती अस्पताल हस्तान्तरण

हिमालखबर

chinese_hospital

फाइल तस्वीर: भूकम्प प्रभावितलाई अस्थाइ अस्पतालमा उपचार गर्दै चिनियाँ चिकित्सक ।

चीन सरकारले भूकम्पबाट घाइते भएका नेपालीको तत्काल उपचार गर्न यहाँ सञ्चालनमा ल्याएको घुम्ती अस्पताल आज नेपाली सेनालाई हस्तान्तरण गरेको छ ।

चिनियाँ सहायक विदेशमन्त्री लियु जियानचाओको नेपाल भ्रमणको अवसर पारेर चीनले उक्त अस्पताल नेपाली सेनालाई हस्तान्तरण गरेको हो । अस्पतालसँगै नेपाली सेनाले शल्यक्रिया उपकरण, अल्ट्रासाउन्ड, एक्स–रे, प्रयोगशाला तथा इसिजीजस्ता उपकरण र औजार प्राप्त गरेको छ ।

सहायक विदेशमन्त्री लियु र नेपाली सेनाका बलाधिकृतरथी प्रदीपविक्रम राणाको उपस्थितिमा उक्त अस्पताल हस्तान्तरणसम्बन्धी कागजातमा हस्ताक्षर भएको थियो । नेपालमा गत वैशाख १२ गते भूकम्प भएपछि चिनियाँ उपचार टोली वैशाख १४ गते यहाँ आइपुगेको थियो ।

धुलिखेल अस्पतालसँग सहकार्य गरेर चिनियाँ चिकित्सक टोलीले खासगरी काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र दोलाखाका बिरामीलाई सेवा पुर्‍याएको थियो । चिनियाँ टोलीले त्यस क्षेत्रमा बिरामीको उपचारका साथै पानीको मुहान सरसफाइ र पानी प्रशोधन गरेर स्थानीयवासीको मन जित्ने प्रयास गरेका थिए ।

त्यस क्रममा भूकम्पमा परेर घाइते भएका ३०१ बिरामीलाई चिनियाँ घुम्ती अस्पतालमा भर्ना गरेरै उपचार गरिएको चिनियाँ चिकित्सक टोलीका संयोजक लियु केजिङले बताउनुभयो । सो टोलीमा विशेषज्ञसहित ६० जना सहभागी थिए ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>