समाचारशुक्रबार, जेठ ८, २०७२
शिक्षा मन्त्रालयका उच्च अधिकारी स्वयंसेवामा
शिक्षा मन्त्रालयले सचिव विश्वप्रकाश पण्डितसहित उच्च अधिकारीलाई भूकम्पप्रभावित विद्यालयमा स्वयंसेवामा खटाएको छ ।
मन्त्रालयका सहप्रवक्ता सरस्वती पोखरेलका अनुसार सचिव पण्डित नेतृत्वको टोलीले भोलि झोँछेस्थित बालसेवा माध्यमिक विद्यालयमा स्वयंसेवा गर्नेछ ।
यस्तै, सहसचिव डा हरि लम्साल, सूर्यप्रसाद गौतम, डिल्लीराम रिमाल, देवकुमारी गुरागाईं, खगराज बराल, डा लक्ष्मीराम पौडेलसहितको टोली पनि स्वयंसेवामा जुट्ने छ ।
