समाचारशनिबार, जेठ ९, २०७२

महाभूकम्पमा मृत्यु हुनेकाे संख्या ८६५० पुग्याे

हिमालखबर

महाभूकम्पमा परी मृत्यु हुनेकाे संख्या आठ हजार ६५० जनाको निधन भएको तथा २२ हजार ४० घाइते भएका छन् ।

भूकम्पका केन्द्रविन्दु गोरखाको बारपाक तथा दुई पराकम्पनका केन्द्रविन्दु सिन्धुपाल्चोक र दोलखाको सिमाना थिए ।

‘गोरखा भूकम्प’बाट ज्यान गुमाउनेमा काठमाडौँ उपत्यकामा एक हजार ७३०, पूर्व क्षेत्रमा ५८, मध्य क्षेत्रमा छ हजार ४०८, पश्चिम क्षेत्रमा ४५२ र मध्यपश्चिम क्षेत्रमा दुई तथा घाइते हुनेमा उपत्यकामा १२ हजार ९८३, पूर्व क्षेत्रमा ४५४, मध्य क्षेत्रमा सात हजार २३३, पश्चिम क्षेत्रमा एक हजार ३३२, मध्यपश्चिम क्षेत्रमा ३६ र सुदूरपश्चिम क्षेत्रमा दुई जना छन् ।

मृतक आठ हजार ६१२ जनाको शव आफन्तलाई बुझाइसकिएको छ । घाइतेमध्ये पाँच हजार ३०७ जना विभिन्न अस्पतालमा उपचारत रहेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।

भूकम्पमा ज्यान गुमाएका कुलमध्ये नेपाल प्रहरीका छ, नेपाली सेनाका नौ, सशस्त्र प्रहरीका एक, निजामती सेवाका ११ र विदेशी ७९ हुन् । घाइते भएका कुलमध्ये नेपाल प्रहरीका १८३, नेपाली सेनाका छ , प्रहरी बलका ३२ र विदेशी पर्यटक ५० जना छन् । यसैगरी हालसम्म नेपाली २३० र विदेशी ८९ जना बेपत्ता छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>