समाचारशनिबार, जेठ ९, २०७२

जोखिमपूर्ण घर भत्काउँदै सेना

हिमालखबर

11214022_1401514266841896_4791450773366711357_n१२ वैशाखमा गएकाे महाभूकम्पमा परेकाहरुलाई उद्धारबाट प्रशंसा कमाएकाे नेपाली सेनाले चर्किएका र जीर्ण बनेका जाेखिम घर भत्काउन थालेकाे छ ।

सेनाले आफूसँग उपलब्ध स्रोत, साधनको प्रचुर मात्रामा सदुपयोग गर्दै भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका विभिन्न गाविसमा अधिकतम सैनिक परिचालन गरी प्रभावकारी ढङ्गले प्राथमिकताका साथ काम गरिरहेको जनाएको छ । भूकम्पबाट क्षतिग्रस्त भएका जोखिमयुक्त घर भत्काउंदै सर्वसाधारणलाई सुरक्षाको प्रत्याभूति दिलाई जनताको दैनिकी सामान्य बनाउन नेपाली सेना सक्रियताका साथ कार्यक्षेत्रमा जुटेको छ ।

सरकार, सहरी विकास मन्त्रालयको संयोजकत्वमा जोखिमयुक्त क्षतिग्रस्त भवन भत्काउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तथा सम्बन्धित नगरपालिका एवम् गाउँ विकास समितिको संलग्नतामा उक्त काम भईरहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

10408846_1402225803437409_6940593199098389212_nआज धादिङमा एक सय २४, नुवाकोटमा दुई सय ७०, रसुवामा छ , मकवानपुरमा १७, रामेछापमा ६९, सिन्धुलीमा एकसय ९३, गोरखामा ८१, सिन्धुपाल्चोकमा एक सय ३६, काभ्रेपलान्चोकका पाँच सय १९ र ओखलढुङ्गामा नौ वटा क्षतिग्रस्त भवन भत्काइएका छन् ।

त्यसैगरी काठमाडौँ जिल्लाका विभिन्न स्थानमा जोखिममा रहेको १२कच्ची र ५९ पक्की घर भत्काइएका छन् । भक्तपुरका जोखिममा रहेको एक सय ३१ कच्ची र ३१ वटा पक्की घर भत्काइएका सेनाले जनाएको छ । ललितपुरका ९४कच्ची र १७ वटा पक्की घर भत्काएर जनधनको क्षति हुनबाट जोगाइएको छ ।

एक हजार सात सय छयालीस टहरा निर्माण

भूकम्पबाट अतिप्रभावित जिल्लामा अस्थायी घर टहरा निर्माणको काम पनि द्रुत गतिमा अघि बढाइएको छ ।

हालसम्म धादिङमा ४३, नुवाकोटमा तीन सय २३, रसुवामा एक, मकवानपुरमा २९, दोलखामा एक सय ३७, रामेछापमा ५२, सिन्धुलीमा ५८, गोरखामा ३७, सिन्धुपाल्चोकमा दुई सय ७९, काभ्रेपलान्चोक जिल्लामा दुई सय ६७, ओखलढुङ्गामा ६८, काठमाँडौमा चार सय ४६ र ललितपुरमा छ वटा गरी एक हजार ७४६ वटा घर टहरा निर्माण भएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>