समाचारआइतबार, जेठ १०, २०७२

गणतन्त्र दिवसकाे कार्यक्रम राष्ट्रपतिद्वारा रद्ध

हिमालखबर

मुलुकमा गणतन्त्र स्थापनापछि प्रत्येक वर्ष जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामवरण यादवले आयोजना गर्नुहुने स्वागत तथा जलपान समारोह यसवर्ष नहुने भएको छ ।

१२ वैशाखमा गएको विनाशकारी भूकम्प र त्यसपछिका ठूला पराकम्पनले मुलुकमा ठूलो जनधनको क्षति भएको दुःखद् अवस्थामा यस वर्ष गणतन्त्र दिवसमा स्वागत तथा जलपान समारोह आयोजना नगरिने राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले बताए ।

२०६५ जेठ १५ गते तत्कालीन संविधानसभाले विधिवत् रुपमा राजतन्त्र अन्त्य भएको घोषणा गर्दै गणतन्त्र घोषणा गरेपछि हरेक वर्ष १५ जेठमा विभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइँदै आइएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>