समाचारसोमबार, जेठ ११, २०७२

कालीगण्डकीको एक तिहाई पानी बग्यो

हिमालखबर

Rss_Images_1432445609822_SG_Myagdi Kaligandaki Thunayara Banako Talau 1

म्याग्दी सदरमुकाम बेनी बजार भन्दा नौ किलोमिटर माथि पहिरोले कालीगण्डकी थुनिएर बनेको तालको  एक तिहाई पानी बगीसकेको छ ।  पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक दिनेश थपलियाका अनुसार ११ जेठ विहानसम्म करिब ३३ प्रतिशत पानी कम भईसकेको छ ।  १० जेठ साँझदेखि पहिरोले थुनेर बनेको ताल नाघेर पानी बग्न थालेको थियो ।

बाँकी पानी बगाउन सेना, प्रहरी, सशस्त्र प्रहरी र विशेषज्ञको टोलीले काम गरिरहेको पनि थपलियाले जानकारी दिए । जोखिम ज्यादै न्यून भईसकेको उनले हिमाललाई बताए । यद्यपि विनाशकारी महाभुकम्पका कारण अन्य ठाउँमा आउने सक्ने बाढी, पहिरोबाट भने सतर्क रहनु पर्ने थपलियाको सुझाव छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>