समाचारमंगलबार, कार्तिक २१, २०६९

पूर्वराजाको धार्मिक दौडाहा, राजसंस्था जीवितै रहेको सन्देश दिने प्रयास

हिमालखबर

विद्रोही गिरी, नवलपरासी

पूर्व राजा शाहले २१ कार्तिकमा नवलपरासीको गोपालपुरमा आयोजित शिव गोरक्ष कालिका महायज्ञमा बोल्दै गोरक्षनाथको शक्तिका कारण आफ्ना पुर्खाले नेपाल राष्ट्रको एकता र शक्तिको निर्माण गर्न सकेको दाबी गरे ।

भैरहवाबाट आफ्ना समर्थकहरुको तामझम सहित कार्यक्रम स्थल पुगेका शाहलाई नवलपरासीको बेलासपुरमा स्थानीयको भीडले जय जयकार गरेको थियो ।

सनातन धर्म जीवन आर्दश भएकाले यसले पवित्र आचारण युक्त बनाउँछ भन्दै शाहले गोरक्षनाथ गोरखाको मात्र नभएर नेपाल राष्ट्रकै दैवी शक्ति भएको बताए । उनले भने, “उहाँकै शक्तिका कारण हाम्रा पूर्खाले नेपाल राष्ट्रको एकत्व शक्ति निर्माण गर्न सकेको हो, यस्तो इतिहासलाई कसैले भुल्न हुँदैन ।”

उनले राष्ट्र ब्यवस्थामा केन्द्रीय आधार भएन भने राष्ट्रिय पद्दति भताभुङ्ग हुने भन्दै राज संस्थाको आबश्यकता रहेको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>