समाचारमंगलबार, जेठ १२, २०७२
धैर्य गरेर विपत्तिकाे सामना गराैंः प्रधानमन्त्री
प्रधानमन्त्री सुशील कोइरालाले धैर्य गरेर भूकम्पबाट सिर्जित महाविपत्तिको सामना गर्न सबैलाई आग्रह गरेका छन् ।
‘युएस खबर डटकम’द्वारा संयुक्त राज्य अमेरिकामा रहेका नेपालीमार्फत भूकम्पबाट प्रभावित जनताको राहतका लागि सङ्कलित दुई लाख ८० हजार बराबरको चेक बुझ्दै प्रधानमन्त्री कोइरालाले सबै भएर सामना गरे छिट्टै समस्या समाधान हुने बताए ।
प्रधानमन्त्री कोइरालाले भूकम्पपीडितको उद्धार तथा राहतका लागि खडा गरिएको प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सङ्कलित रकम पारदर्शी रुपमा उपयोग भइरहेकोे बताउँदै त्यसमा अनियमितता गर्नेलाई कडा कारबाही हुने प्रतिबद्धता व्यक्त गरे ।
उनले भूकम्पबाट प्रभावित क्षेत्रमा राहत सहयोग सामग्री वितरण नदोहोरियोस् भन्नाका लागि सरकारले उद्धार तथा राहत कार्यमा एकद्वार प्रणाली अपनाएको जानकारी गराउँदै त्यसमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
