समाचारमंगलबार, जेठ १२, २०७२

कांग्रेसकै नेतृत्वमा राष्ट्रिय सरकारः पाैडेल

हिमालखबर

नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले अब बन्ने राष्ट्रिय सरकारको नेतृत्व कांग्रेसले नै गर्ने बताएका छन् ।

पवित्र तीर्थस्थल देवघाटधाममा रहेका आश्रम, मन्दिर र घरहरूको भूकम्पपछिको अवस्थाका बारेमा निरीक्षणपछि देवघाटमा पत्रकारसँग कुरा गर्दै उपसभापति पौडेलले संविधान र स्थानीय निकायको निर्वाचनको टुङ्गो लगाउँदै राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने बताए ।

जनताले ठूलो पार्टीका रुपमा कांग्रेसलाई जनादेश दिएको भन्दै उनले सरकारको नेतृत्व पनि काँग्रेसले नै गर्ने बताए ।

भूकम्पपछि भएको क्षतिको मापन गरी पुनःनिर्माणका लागि शक्तिशाली प्राधिकरण बनाउनुपर्ने उपसाभापति पौडेलको भनाइ थियो । उनले भने, “सरोकारवाला मन्त्रालय र निकायको प्रतिनिधित्व हुने गरी प्राधिकरण बन्नुपर्छ जसले पुनःनिर्माणका सबै काम गर्न सकोस् ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>