समाचारमंगलबार, जेठ १२, २०७२

मनसुनकाे खतराबाट सजग रहन माैसमविद्काे अाग्रह

हिमालखबर

अब सुरु हुने मनसुनमा बाढी, पहिरोदेखि हिमताल फुट्नेसम्मको सम्भावना भएकाले सजग रहन मौसमविद्हरूले आग्रह गरेका छन् ।

भक्तपुरमा अायाेजित कार्यक्रममा मौसम तथा जल विज्ञान विभागका महानिर्देशक ऋषिराम शर्माले सरकारदेखि जनतासम्मले अब निकै सहज हुनुपर्ने बताए ।
अबको एक सातापछि नेपालमा मनसुन सुरु हुने बताउँदै उनले महाभूकम्पले पहाडका धेरै स्थानहरुको जमिन धुजाधुजा पारेकाले पहिरो जान सक्ने सम्भावना उच्च रहेको बताए ।

शर्माले भूकम्पले जमिनको सतहलाई हल्लाएको र जमिनमुनिको पानी तथा वर्षात्को पानीले चिरा परेको जमिनलाई बगाउने खतरा भएको बताए ।
नेपालका हिमताल फुट्न सक्ने खतरा भएको चर्चा गर्दै उनले सरकार अहिलेदेखि नै सजग भएर जोखिम न्यूनीकरणका लागि पहल सुरु गर्नुपर्ने बताए ।

शर्माले भने, “अहिले नै धेरै स्थानमा सुख्खा पहिरो जान थालेको छ, वर्षात्मा थप जोखिम बढेको छ, जोखिम न्यूनीकरण गर्न विभाग एक्लैले मात्र केही गर्न सक्दैन, पूर्व तयारीका लागि सरकारले अहिलेदेखि नै सजग रहनुपर्छ ।”

मौसमविद् एवम् जल तथा मौसम विज्ञान केन्द्रीय विभाग कीर्तिपुरका उपप्राध्यापक मदन सिग्देल र मौसमविद् सुदीप कायस्थले अहिले पूर्व मनसुन सुरु भइसकेकाले सजग हुनुपर्नेमा जोड दिए । महाभूकम्प प्रभावित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, धादिङ्ग र गोर्खा पहिरोको हिसाबले पनि उच्च जोखिममा रहेको औँल्याउँदै उहाँले उहाँले जमिन सतहको पानी व्यवस्थापन गर्नुपर्ने उनीहरुकाे भनाइ थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>