समाचारमंगलबार, जेठ १२, २०७२

सीके राउतकै सुरक्षाका निम्ति पक्राऊः प्रजिअ पन्थ

हिमालखबर

-श्रवणकुमार देव, राजविराज

इटहरी पुगेका सीके राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्वतन्त्र मधेश गठबन्धनका संयोजक राउतलाई १२ जेठमा उनको सहयोगीहरुसहित प्रहरीले पक्राउ गरेको हो ।

गृह जिल्ला सप्तरीबाट अन्तर्वार्ता दिन गएका राउतलाई उनका सहयोगीहरु ब्रहमदेव इसर, मनोज यादव, कमलेश यादवसहित पक्राउ गरेको हो ।

पक्राऊ परेकाहरुलाई इलाका प्रहरी कार्यालय इटहरीले हिरासतमा राखेको छ । इलाका प्रहरी कार्यालय इटहरीका इन्चार्ज प्रहरी नायव उपरीक्षक विनोद शर्माले राउतबिरुद्व राज्य विप्लव अन्तर्गत मुद्धा चलाइने बताए ।

सीके राउतकै सुरक्षाका निम्ति पक्राऊः प्रजिअ पन्थ

सुनसरीका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले भने इटहरीका समुदायले राउतको विरोध जनाइरहेकाले सुरक्षाका निम्ति पक्राऊ गरिएको बताए । प्रजिअ पन्थले हिमालखबरलाई भने, ‘‘अहिले पनि यहाँका महिलाहरुले राउतलाई कार्बाहीको माग राखिरहेका छन् । त्यसैले उनलाई सुरक्षा दिन नियन्त्रणमा लिइएको हो ।’’

राउतले सामाजिक सद्भाव भड्काउने अभिव्यक्ति दिदै आएको भन्दै स्थानीयले उनलाई कार्बाहीको माग गरिरहेका छन् ।

यसअघि गत २८ भदौमा मोरङबाट पक्राउ परेका राउतबिरुद्व राज्य विप्लव मुद्दा चलाइएको थियो । उनले केहिदिन अगाडि मात्र विशेष अदालतबाट उक्त मुद्दाबाट सफाई पाएका थिए ।

२८ भदौमा पक्राउ परेर धरौटीमा रिहा भएका राउत यसअघि बिरगञ्ज, रौतहट, महोत्तरीसहित विभिन्न स्थानमा पक्राउ पर्दै आएका छन् । उनी सप्तरीको महदेवा गाविसका हुन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>