समाचारमंगलबार, जेठ १२, २०७२

राष्ट्रिय पुनःनिर्माण समितिको बैठक बुधवार बस्ने

हिमालखबर

महाभूकम्पछि राष्ट्रिय पुनःनिर्माणका लागि आवश्यक योजना तयार गर्ने उद्देश्यका साथ आह्वान गरिएको राष्ट्रिय पुनःनिर्माण समितिको पहिलो बैठक भोलि पुनः बस्ने गरी स्थगित भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज सुरु भएको बैठकमा भूकम्पपछिको अवस्था, त्यसको मूल्याङ्कन र आगामी नीति तथा कार्यक्रमका सन्दर्भमा प्रस्तुत गरिएको कार्यपत्रका विषयमा समाजका विभिन्न क्षेत्रका सहभागीले आ–आफ्ना धारणा राख्ने क्रम जारी रहेकाले बैठक स्थगित भएको हो ।

बैठकपछि पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री सुशील कोइरालाले सिङ्गो राष्ट्र एकताबद्ध भएर मुलुकलाई हालको विपद्को अवस्थाबाट निकास दिने विषयमा छलफल भएको बताए ।

उनले राष्ट्रिय सहमति नै मूल मर्म रहेकाले सोहीअनुसार अगाडि बढ्ने स्पष्ट पार्दै उनले भने, “राष्ट्रिय सहमति नै प्रमुख विषय हो, त्यसका लागि हामी छलफलमा जुटेका छौंँ यस विषयमा भोलि निस्कर्ष आउँछ ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>