समाचारबुधबार, जेठ १३, २०७२

नवाैं बैठकपछि बल्ल प्रधानमन्त्रीकाे जवाफ

हिमालखबर

Rss_Images_1432721199961_KS-KTM-PM Delivers Remarks

कांग्रेस निकट शिक्षकहरुसँग प्रधानमन्त्री काेइराला ।

राष्ट्रिय विपद् व्यवस्थापन अनुगमन समितिको नवाैं बैठक बसिसक्दा समेत अनुपस्थित भएकाे भन्दै विराेध भएपछि अाज प्रधानमन्त्री सुशील काेइराला बैठकमा गएका छन् ।

महाभूकम्पकाे उद्धार, राहत, पुनःस्थापना र पुननिर्माणकाे कामबारे जानकारी गराउन प्रधानमन्त्रीलाई बैठकमा बाेलाइएपनि उनी अनुपस्थित रहँदै अाएका थिए । सभामुख सुवासचन्द्र नेम्वाङकाे अध्यक्षतामा रहेकाे अनुगमन समितिकाे दशाैं बैठकमा पुगेका प्रधानमन्त्री काेइरालाले प्रभावित क्षेत्रमा पुनस्थापनाकाे अस्थायी व्यवस्था सरकारले गरिरहेकाे बताए ।

प्रधानमन्त्री सुशील कोइरालाले सबै राजनीतिक दलको सक्रियता, सहयोग र सद्भावमा भूकम्पपछिको खोज, उद्धार, राहत र पुनर्बासको काम भइरहेको बताए । उनले भने, “सबै पक्षको प्रयासमा पुनःस्थापना र पुनःनिर्माणको काम भइरहेकाले सफल हुने विश्वास लिएकाे छु ।”

पूर्व तयारी नहुँदा यस्तो विपद्लाई धान्न समस्या परेको बताउँदै उनले उपलब्ध साधन र स्रोतका आधारमा सबै राजनीतिक दलको सहयोगबाट विपद्पछिको कार्यलाई अगाडि बढाइएको बताए । सबैले सरकारसँग अपेक्षा गर्ने भएकाले यस अवस्थामा आलोचनालाई आफूले सहजरुपमा लिएको उल्लेख गर्दै प्रधानमन्त्री कोइरालाले भने, “राम्रो बसोबास होस्, कसैले दुःख भोग्न नपरोस् भनेर इन्जिनियरको टोलीलाई गाउँ गाउँ पठाइएको छ ।”

उनले विपद्को समयमा भएका कमकमजोरीलाई सुधार गर्दै अगाडि बढ्नुको विकल्प नभएको बताए । प्रधानमन्त्री कोइरालाले स्थानीय निकाय नहुँदा विपद्को अवस्थामा काम गर्न कठिनाइ भएको उल्लेख गरे । उनले समयमै सबैले उचित राहत पाउनुपर्छ भन्ने उद्देश्यले रु १५ हजारसम्म भूकम्प प्रभावितलाई उपलब्ध गराउन आफूले पहल गरिरहेको बताए ।

शान्ति र संविधानलाई पनि सँगै लैजानुपर्ने भएकाले सबैको सहयोग अनिवार्य भएको उनको भनाइ थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>