समाचारबुधबार, जेठ १३, २०७२

भुटानी शरणार्थी र माअाेवादी लडाकुकाे शिविरमा भूकम्प पीडित राखाैंः देउवा

हिमालखबर

पूर्व प्रधानमन्त्री एवम् नेपालीका कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले महाभूकम्प पीडितहरुलाई तत्काल अस्थायी शिविरमा राख्नुपर्ने बताएका छन् ।

उनले तत्कालीन माओवादीका लडाकु राखिएकाे र भुटानी शरणार्थीका शिविरमा तत्काल यी नागरिकलाई राख्न सकिने बताए । दोलखाको उत्तरी क्षेत्रका १८ गाविस र नगरपालिका ५, ६ र ८ तल्लो भूभागका नागरिकलाई स्थानान्तरण गरी स्थायी बसोबासका लागि राज्यले सरकारी उपयुक्त जमिन छानी राख्न पहल गरिने वरिष्ठ नेता देउवाले दोलखाली नागरिकलाई विश्वास दिलाए ।

उनले हेलिकप्टरबाट पीडित नागरिकमा खाद्यान्न र जस्तापाता पुर्‍याउनलाई सरकारलाई तत्काल थप सल्लाह दिने र आफ्नाे पहलले पीडामा परेका नागरिकलाई जतिसक्दो छिटो पीडामुक्त बनाउने प्रतिबद्धता जाहेर गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>