समाचारबुधबार, जेठ १३, २०७२
बिदेशीले करोडौ खर्च गरे भन्नु बेकारका कुराः मन्त्री खड्का
-देब पचभैया, पाल्पा
शहरी बिकास तथा भवन निर्माण मन्त्री नारायण खड्काले बिदेशीले करोडौ सहयोग गरेको कुरा सत्य नभएको बताएका छन् ।
पाल्पा पुगेका मन्त्री खड्काले विदेशी डलर ओइरिएको, नेता र मन्त्रीहरुले खाएको हल्लामा सत्यता नभएको बताए । उनले भने, ‘‘एक करोड दिन्छु भन्ने देशहरुले आफ्नै सेना र जहाजमै खर्च गरेको छ ।’’
उनले स्वदेशकै जनता एक भएर राहात संकलन अघि बढाउनुपर्ने बताए । खड्काले अहिलेसम्म एडीबीले ३० करोड र भुटानका प्रधानमन्त्रीले १० लाख डलर चेक दिएको बाहेक अरु सहयोग प्राप्त नभएको बताए ।
