समाचारशुक्रबार, जेठ १५, २०७२

संविधान निर्माण र पुनःस्थापना छिटो हुनुपर्छः कांग्रेस

हिमालखबर

नेपाली कांग्रेसले संविधान निर्माण, भूकम्पपीडितका लागि राहत, पुनःस्थापना एवम् पुनःनिर्माणका काम एकसाथ गरिनुपर्ने निष्कर्ष निकालेको छ ।

पदाधिकारी एवम् सरकारमा प्रतिनिधित्व गर्ने दलका मन्त्रीहरुको आज बालुवाटारमा बसेको बैठकले संविधान निर्माणको काममा ढिलाइ गर्न नहुने बताउँदै का‌ंग्रेसले त्यससँगै नवनिर्माणको कामलाई अघि बढाउनुपर्ने जनाएको सहमहामन्त्री पूर्णबहादुर खड्काले बताए ।

“राष्ट्रिय सङ्कटका समयमा सरकार अगाडि पुनःस्थापना र पुनःनिर्माणका काम पछाडि पार्नु मुलुकका लागि दुर्भाग्य हुन्छ भन्ने निचोड छ, अस्थायी बसोवास र राहतका कामलाई पहिलो प्राथमिकता दिएर राष्ट्रिय सरकार गठन गरिनुपर्छ, यस विषयमा छलफल गर्न आजै बेलुकी चार दलको बैठक बोलाइएको छ”, उनले भने ।

१७ जेठदेखि संविधानसभा बैठक बोलाइएकाले संविधानका सहमति भइसकेका विषय मस्यौदा समितिमा पठाउने र छदेखि आठ प्रदेश निर्माणमा सहमति जुटाउने गरी छलफल अघि बढाउनेबारेमा पनि बैठकमा छलफल भएको थियो ।

चार दलले छलफल गरी संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दललाई एक ठाउँमा ल्याउने गृहकार्य अगाडि बढाइनुपर्नेमा बैठकले जोड दिएको छ ।

नेकपा एमालेले कांग्रेससँगको सहकार्य छाडी अलग्गिएला भन्ने अव्यावहारिक र त्रुटिपूर्ण निर्णय गर्ला भन्ने नसोचिएको एवम् यसबारे सञ्चारमाध्यममा आएका विषयलाई महत्व नदिइएको सहमहामन्त्री खड्काले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>