समाचारशुक्रबार, जेठ १५, २०७२

संविधान, पुनःस्थापना र राष्ट्रिय सरकारबारे चार दलकाे बैठक

हिमालखबर

नयाँ संविधान, पुनःस्थापना र राष्ट्रिय सहमतिकाे सरकारबारे छलफल गर्न मधेश केन्द्रीत दलसहित प्रमुख चार दलकाे बैठक बस्दैछ ।

नेपाली कांग्रेसका सह–महामन्त्री पूर्णबहादुर खड्काका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, एमाअाेवादी र मधेशी जनाधिकार फाेरमका शीर्ष नेताहरुकाे बैठक साँझ बस्दैछ ।

यसअघि नेपाली कांग्रेसले पदाधिकारी र मन्त्रिहरुसहितकाे बैठक सकेकाे छ । सरकारका प्रमुख घटक नेकपा एमाले र प्रमुख प्रतिपक्ष एमाअाेवादीले राष्ट्रिय सहमतिकाे सरकार निर्माण गर्न प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने धारणा सार्वजनिक गरिरहेका छन् ।

खड्का भन्छन्, “१७ जेठमा संविधानसभाकाे बैठक बाेलाइएकाे छ, यसअघि प्याकेजमा सहमति खाेज्ने प्रयत्न भइरहेकाे छ ।” उनले नयाँ संविधान, पुनःस्थापना र राष्ट्रिय सहमतिकाे सरकारबारे प्याकेजमा सहमति गर्ने प्रयत्न भइरहेकाे बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>