समाचारशुक्रबार, जेठ १५, २०७२

‘राष्ट्रिय सहमतिको सरकार गठनमा प्रधानमन्त्री सकारात्मक’

हिमालखबर

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले राष्ट्रिय सहमतिको सरकार गठनमा नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला सकारात्मक रहेको बताएका छन् ।

विदुरमा पत्रकारहरुसँग कुरा गर्दै उनले अहिले प्रमुख प्रतिपक्ष र सरकारमा सहभागी दलहरु समेत राष्ट्रिय सहमतिको सरकार गठनको मनस्थितिमा रहेका र त्यसमा प्रधानमन्त्री कोइरालाले पनि असहमति नजनाएको स्पष्ट गरे ।

उपाध्यक्ष रावलले राष्ट्रिय सहमतिको सरकार गठनको प्रसङ्ग उठे पनि त्यसको नेतृत्व कस्ले गर्ने भन्ने टुङ्गो नलागेको बताए । भूकम्पले निम्त्याएको विपत्तिको सामना गर्दै संविधान निर्माणलाई गति दिन पनि राष्ट्रिय सहमतिको सरकार आवश्यक भएको उनले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>