समाचारशुक्रबार, जेठ १५, २०७२
बालकाेट पुगे एमाअाेवादी शीर्ष नेताहरु
नेकपा एमाले र एमाअाेवादीका शीर्ष नेताहरुबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा अाेलीकाे निजी निवास बालकाेटमा छलफल भएकाे छ ।
छलफलमा नेकपा एमालेका शीर्ष नेताहरु अाेली, पूर्वप्रधानमन्त्री एवम् एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष विद्यादेवी भण्डारी र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराईबीच भेटवार्ता भएकाे थियाे ।
अपरान्ह ४ः३० बजेदेखि करिब एक घण्टा भएकाे भेटवार्तामा राहत, पुनःनिर्माण र व्यवस्थापनलाई चुस्त बनाउने तथा समसामयिक राजनीतिका बारेमा समेत छलफल भएको थियाे ।
