समाचारशनिबार, जेठ १६, २०७२
सूचना टाँसेर संविधानसभा बैठक स्थगित
१७ वैशाखका लागि बाेलाइएकाे संविधानसभा बैठक सूचना टाँसेर स्थगित भएकाे जानकारी गराइएकाे छ ।
बैठकका लागि हुनुपर्ने तयारी नभएकाे भन्दै बैठक स्थगित गरिएकाे छ । संविधानसभा सचिवालयका अनुसार सभासद्हरु समेत काठमाडाैं बाहिर रहेकाले बैठक स्थगित गरिएकाे हाे ।
अर्काे मिति भने निश्चित गरिएकाे छैन । बैठक भाेलि दिउँसाे ३ बजे बस्ने तालिका थियाे ।
