समाचारशनिबार, जेठ १६, २०७२

‘श्रमको सम्मान नै समाजवाद’

हिमालखबर

नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले श्रमको सम्मान गर्ने संस्कृति नै समाजवाद भएको बताएका छन् ।

केन्द्रीय सदस्य गगनकुमार थापाको नेतृत्वमा रसुवा जिल्लामा विद्यालय र घरटहरा बनाउन जान लागेका पार्टीका १०० जना कार्यकर्ताको टोलीलाई स्थानीय माछापोखरीबाट बिदाइ गर्दै नेता पौडेलले यो नवनिर्माणको अभियान हो, यसमा कांग्रेसका सबै नेता कार्यकर्ता जुट्नुपर्छ किनकि कांग्रेस किसानको पार्टी हो, जनताको साथी हो उनले भने ।

उनले छरिएर रहेका बस्तीलाई बिजुली, खानेपानी, स्वास्थ्य, बजार, उद्यान, शिक्षा, स्वास्थ्यजस्ता आधुनिक सुविधा उपलब्ध गराएर उपयुक्त भौगोलिक संरचनामा एकीकृत बस्ती बसाल्नुपर्ने समय आएको बताए ।

युवा नेता थापाले आफ्नो नेतृत्वको टोलीले रामेछाप, सिन्धुपाल्चोक, दोलखा, नुवाकोटर धादिङका २२० घरलाई जस्तापात उपलब्ध गराएको र ८० भन्दा बढी घरसहित विद्यालय निर्माणको कामलाई तीव्रता दिएको बताउँदै भने, “जेठ अन्तिमसम्म १०० विद्यालय निर्माण गर्ने सोच छ, त्यसका लागि १८ ठाउँमा एकै चोटि काम थाल्ने छौँ, रसुवाका यार्सा, भोर्ले, डाँडागाउँसहित पाँच ठाउँमा विद्यालय बनाउने छाैं ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>