समाचारशनिबार, जेठ १६, २०७२

संविधान बने प्रधानमन्त्री छाेड्न कांग्रेस तयार

हिमालखबर

सहमतिमा संविधान जारी भए नेपाली कांग्रेस नयाँ नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्न तयार हुने भएकाे छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे बैठकले संविधान जारी गर्ने बातावरण तय भए राष्ट्रिय सरकारकाे लागि छलफल गर्न तयार हुने निर्णय गरेकाे प्रबक्ता दिलेन्द्र बडूले बताए ।

बैठकपछि बडूले भने, “अहिले संविधान जारी हुँदासम्म कांग्रेसको नेतृत्वमा रहने कुरा सबैलाई थाहा छँदैछ, यो एउटा सहमति एमालेसितको प्रारम्भिक रुपमै भएको हो सरकार निर्माण हुँदा । संविधान जारी भइसकेपछि नयाँ नेतृत्वमा जाने बाटो खुल्छ त्यसका निमित्त हामी तयार छौँ ।”

उनले भने, “संविधान निर्माणका लागि सहमतिका साथ जानुपर्छ, यसका निमित्त आवश्यक पर्छ भने सहमतिको सरकार गठन गर्न हाम्रो पार्टीले पहिलादेखि नै भनेको हो , तर संविधान निर्माण आधारभूत र प्राथमिक कुरा हो ।”

१५ जेठ साँझ बसेकाे चार दलकाे बैठकमा पनि संविधान जारी गर्दै राष्ट्रिय सरकार गठन गर्ने निर्णय गरेकाे थियाे । का‌ंग्रेसले भूकम्पले ल्याएको विपत्तिको पुनःनिर्माणसँगै संविधान निर्माण गरेर अहिलेको राजनीतिक सङ्क्रमणलाई छोट्याउन सके थप सम्पूर्ण शक्ति पुनःनिर्माण र पुनःस्थापनामा लगाउने भएकाे छ ।

बडुले भने, “अहिलेको प्राथमिकता संविधान नै भएकाले यसलाई जतिसक्दो पूर्णता दिने र राष्ट्रिय सहमतिमा सरकार बनाउँन कांग्रेस तयार छ ।” उनले आजै साँझ बस्ने चार दलको बैठकमा यही विषयमा छलफल हुने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>