समाचारशनिबार, जेठ १६, २०७२

केपी अाेली बुङमतीमा

हिमालखबर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली *ललितपुरस्थित ऐतिहासिकस्थल बुङ्मतीमा भएको सरसफाइ अभियानमा सहभागी भएका छन् ।

भू्कम्पबाट अति प्रभावित उक्त स्थानमा फैलन सक्ने विभिन्न रोगबाट बच्नका निमित्त थालिएको सरसफाइ अभियानमा नेता ओलीले विपद्मा परेका नेपालीलाई सहयोग गर्न एमालेका स्वयंसेवक दस्ता हजारौँको सङ्ख्यामा खटिरहेको बताए ।

स्थलगत रुपमा खटिएका स्वयंसेवकबाट भूकम्पले धराप बनाएका घर भत्काउने र भग्नावशेषलाई हटाउने तथा पीडित परिवारलाई बस्न अस्थायी बासस्थानको निर्माण गरिरहेको जानकारी उनले बताए ।

विपत्तिका समयमा जनताको मनमा लागेको घाउमा मलम लगाउन आफ्नो दलले दलीय स्वार्थलाई त्यागेर सहयोग गरेको ओलीको भनाइ थियो । नेता ओलीसँगै उपमहासचिव विष्णुप्रसाद पौडेल, नेता रघुजी पन्त, एमाले क्षेत्र नं ३ का अध्यक्ष रघुनाथ महर्जनलगायत सयौँको सङ्ख्यामा स्वयंसेवकको सहभागिता थियो ।

*सच्याइएकाे

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>