समाचारशनिबार, जेठ १६, २०७२

छुट्टाछुटै दुर्घटनामा एकको मृत्यु, दुई दर्जन घाइते

हिमालखबर

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहा र सप्तरीको छुट्टाछुटै स्थानमा गएराति र आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई दर्जनभन्दा बढी घाइते भएका छन् ।

सिरहाको बडहरामाल गाविस– ४ मा स १ त २२०० नंको ट्र्याक्टरबाट माटो झार्ने क्रममा डालाले किचेर ट्र्याक्टरका सहचालक बडहरामाल– ४ निवासी २० वर्षीय सुवास सदाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, सिरहाको लहान नगरपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

ना ४ त ४०७७ नंको ट्र्याक्टर लहान १९ स्थित सडकखण्डमा अनियन्त्रित भई पल्टिँदा ट्र्याक्टरमा सवार तीन जना घाइते भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>