समाचारशनिबार, जेठ १६, २०७२

‘पुनःनिर्माणलाई नयाँ तरिकाले अगाडि बढाइन्छ’

हिमालखबर

अर्थमन्त्री रामशरण महतले आगामी आर्थिक वर्षमा भूकम्पबाट भत्किएका संरचनाको पुनःनिर्माणलाई नयाँ तरिकाले अगाडि बढाउने बताएका छन् ।

रिपोटर्स क्लबद्वारा आयोजित अन्तक्र्रियामा उनले भने, “आधुनिक बसोबासका लागि हिजोभन्दा अझ राम्रो अवसर हो, यस अवसरलाई नयाँ तरिकाले अगाडि बढाउनुपर्छ ।”

अर्थमन्त्री महतले भूकम्प प्रतिरोधात्मक घरहरु निर्माण गर्ने अवसरलाई सदुपयोग गर्नका लागि सरकारले उपलब्ध गराएको नक्साअनुसार घर तथा भवन निर्माण गर्न र त्यसका लागि सरकारले उपलब्ध गराउने रु दुई लाखको सहुलियत ऋण लिन पनि आग्रह गरे ।

पुनःनिर्माणका लागि सरकारलाई ठूलो रकम आवश्यक भएकाले आन्तरिक तथा बाह्य सहयोग जुटाउने तयारी गरेको उल्लेख गर्दै उक्त सहयोगका आधारमा आगामी आर्थिक वर्षको बजेट तय गरिने उनले बताए ।

आगामी १० असारमा सरकारले दातृ निकायहरुको सम्मेलन गरेर पुनःनिर्माणका लागि आर्थिक तथा अन्य सहयोग जुटाउन पहल गर्ने निर्णय गरेको छ ।

अर्थमन्त्री महतले भने, “विश्वसनीय कार्यक्रम तयार गरेर अगाडि बढाउन सकियो भने दातृ निकायको राम्रो सहयोग प्राप्त हुन्छ, त्यसलाई सही सदुपयोग गरेर पुनःनिर्माण कार्य अगाडि बढ्छ ।” यस अघि तय गरिएको रु सात खर्ब ३५ अर्बबराबरको बजेटको आकार बढ्ने जानकारी दिँदै अर्थमन्त्री महतले पुराना योजनालाई निरन्तरता दिने तर धेरै नयाँ योजना भने नल्याउने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>