समाचारशनिबार, जेठ १६, २०७२

दाहाल काठमाडौं नआइपुगेपछि चार दलको बैठक स्थगित

हिमालखबर

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल काठमाडौं नआइपुगेपछि मधेश केन्द्रीत दलसहित प्रमुख चार दलको बैठक बस्न सकेन ।

गोरखा गएका दाहाल साँझसम्म पनि कामाडौं आइनपुगेपछि बैठक स्थगित गरिएको हो । नेपाली कांग्रेसका सह–महामन्त्री पूर्णबहादुर खड्काका अनुसार चार दलको बैठक भोलि विहान ९ बजेका लागि राखिएको छ ।

खड्काले भने, ‘‘गोरखा गएका दाहालको गाडी बाटोमै विग्रिएकाले काठमाडौ आइपुग्नु भएन । त्यसैले बैठक स्थगित गरियो ।’’ नयाँ संविधान, पुनःस्थापना र राष्ट्रिय सरकारबारे छलफल गर्न १६ जेठ दिउँसोका लागि निर्धारण गरिएको थियो ।

यसअघि, १५ जेठ साँझ प्रधानमन्त्री निवासमा नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी र मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका शीर्ष नेताहरुको बैठक बसेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>