समाचारशनिबार, जेठ १६, २०७२
वैद्य माअाेवादी भन्छन्, ‘साझा संयन्त्र बनाअाैं’
नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले भूकम्पपछि राहत र पुनःनिर्माण प्रभावकारी बनाउन सबै राजनीतिक दल सम्मिलित साझा संयन्त्र आवश्यक रहेको बताएका छन् ।
प्यूठानको बाग्दुलामा उनले सर्वदलीय राजनीतिक संयन्त्र बनाउने विषयमा सरकारले ध्यान नदिँदा राहत वितरण तथा उद्धार कार्यमा समस्या देखिएको टिप्पणी गरे ।
कतिपय स्थानमा अझै पनि राहत पुग्न नसकेको औँल्याउँदै अध्यक्ष वैद्यले यथाशक्य राहत वितरणलाई प्रभावकारी बनाउन सरकारसँग माग गरे । महाभूकम्प प्रभावित १४ जिल्लामा आफ्नो पार्टी पुनःनिर्माणमा जुटेको उनकाे भनाई थियाे ।
